News Portal

सिन्धुलीमा कारको ठक्करबाट दुई जना घाइते, एकको अवस्था गम्भीर

सिन्धुलीमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

संगीता गुरुङ
२६२ पटक

फागुन ९, सिन्धुली – सिन्धुलीमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिलप्रसाद चौरसियाका अनुसार दुर्घटनामा रामेछाप मन्थली नगरपालिका-५ का ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका-४ का ३१ वर्षीय लोकनाथ वाग्ले घाइते भएका छन्। गम्भीर घाइते आचार्यको उपचार खुर्कोटस्थित शुभजीवन अस्पतालमा भइरहेको छ।

प्रहरीका अनुसार काठमाडौंबाट विराटनगर जाँदै गरेको बीएसी १९७९ नम्बरको कारले बर्दिबासबाट काठमाडौं जाँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...