News Portal

ताप्लेजुङमा केबलकार विवाद चर्किँदा झडप, प्रहरीसहित दर्जनौं घाइते

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पुनः तनाव उत्पन्न भई दर्जन भन्दा बढि घाइते भएका छन्।

संगीता गुरुङ
३८२ पटक

फाल्गुन ८, विराटनगर – ताप्लेजुङको पाथीभरा क्षेत्रमा पुनः तनाव उत्पन्न भएको छ। ‘नो केबलकार समूह’ क्षमा पूजाको नाममा केबलकार निर्माणस्थल पुगेपछि झडप भएको हो।

जिल्ला प्रशासनका अनुसार समूहका नेताहरू राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, र चन्द्र मादेन सहितको टोलीले केही समय भाषण गरेपछि प्रहरीको घेरा तोड्दै ढुंगामुढा प्रहार गरेका थिए।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीले ५० मिटरको दूरी पनि नछोडी ढुंगा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहरा र अश्रुग्याँस प्रयोग गर्यो। झडपका क्रममा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ५ र ‘नो केबलकार समूह’का १ जना घाइते भएका छन्।

झडपका क्रममा प्रदर्शनकारीहरूले सशस्त्र प्रहरीले प्रयोग गरेका पाँचवटा सेफ्टी ढाल र एक मेगाफोन नष्ट गरेको जनाइएको छ। निर्माणस्थलको ‘नो इन्ट्री’ क्षेत्रमा प्रवेश गरी भाषण गरेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।

यसैबीच, घाइतेलाई उद्धार गर्न गएको एम्बुलेन्समाथि आक्रमण हुँदा चालक समेत घाइते भएका छन्। सोही गाडीमा नागरिक समाजका प्रतिनिधि र पत्रकारहरू सवार थिए, जसका कारण गाडीसमेत क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।

स्थिति नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले झडप दोहोरिन नदिन सबै पक्षलाई संयम रहन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...