News Portal

गोरखा दरबार संग्रहालयमा आठ महिनामा ७५ हजार पर्यटकको अवलोकन

गोरखा दरबार संग्रहालयले पछिल्ला आठ महिनामा ७५ हजारभन्दा बढी अवलोकनकर्ताहरूलाई स्वागत गरेको छ।

संगीता गुरुङ
१७६ पटक

गोरखा, फाल्गुन ८ – गोरखा दरबार संग्रहालयले पछिल्ला आठ महिनामा ७५ हजारभन्दा बढी अवलोकनकर्ताहरूलाई स्वागत गरेको छ। नेपाल एकीकरणको ऐतिहासिक अध्ययनका लागि महत्वपूर्ण मानिएको यस संग्रहालयमा चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७५ हजार ७९१ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गरेका छन्।

संग्रहालय प्रमुख जयनारायण कार्कीका अनुसार भ्रमणकर्तामध्ये सबैभन्दा ठूलो संख्यामा विद्यार्थीहरू रहेका छन्। ‘शैक्षिक भ्रमणका लागि धेरै विद्यालय तथा कलेजहरूबाट विद्यार्थीहरू आउने गर्छन्,’ उनले बताए। प्राप्त तथ्यांकअनुसार, सो अवधिमा ४३ हजार ८४८ जना विद्यार्थी, ३० हजार ७०४ जना आन्तरिक पर्यटक, १ हजार १६६ जना तेस्रो मुलुकका तथा ७३ जना सार्क राष्ट्रका नागरिकले संग्रहालय भ्रमण गरेका छन्।

गोरखा दरबार संग्रहालयमा पृथ्वीनारायण शाहसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरू, हातहतियार, परम्परागत भाँडाकुँडा तथा विविध कलात्मक काष्ठकला संरक्षित छन्। संग्रहालयको आकर्षण बढाउने अन्य विशेषताहरूमा तीनमुखे झ्याल, टुँडाल, १६ वटा थामले सजिएको बरण्डा, विभिन्न जातजातिका संस्कृति झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष र धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनी कक्ष रहेका छन्।

विसं २०६५ देखि सञ्चालनमा आएको यस संग्रहालयले नेपाल एकीकरणको इतिहास संरक्षण तथा प्रवर्द्धन गर्दै शैक्षिक अध्ययन र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...