News Portal

  • गोरखा दरबार संग्रहालयमा आठ महिनामा ७५ हजार पर्यटकको अवलोकन

    गोरखा दरबार संग्रहालयले पछिल्ला आठ महिनामा ७५ हजारभन्दा बढी अवलोकनकर्ताहरूलाई स्वागत गरेको छ।

    संगीता गुरुङ
    १४२ पटक

    गोरखा, फाल्गुन ८ – गोरखा दरबार संग्रहालयले पछिल्ला आठ महिनामा ७५ हजारभन्दा बढी अवलोकनकर्ताहरूलाई स्वागत गरेको छ। नेपाल एकीकरणको ऐतिहासिक अध्ययनका लागि महत्वपूर्ण मानिएको यस संग्रहालयमा चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७५ हजार ७९१ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गरेका छन्।

    संग्रहालय प्रमुख जयनारायण कार्कीका अनुसार भ्रमणकर्तामध्ये सबैभन्दा ठूलो संख्यामा विद्यार्थीहरू रहेका छन्। ‘शैक्षिक भ्रमणका लागि धेरै विद्यालय तथा कलेजहरूबाट विद्यार्थीहरू आउने गर्छन्,’ उनले बताए। प्राप्त तथ्यांकअनुसार, सो अवधिमा ४३ हजार ८४८ जना विद्यार्थी, ३० हजार ७०४ जना आन्तरिक पर्यटक, १ हजार १६६ जना तेस्रो मुलुकका तथा ७३ जना सार्क राष्ट्रका नागरिकले संग्रहालय भ्रमण गरेका छन्।

    गोरखा दरबार संग्रहालयमा पृथ्वीनारायण शाहसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरू, हातहतियार, परम्परागत भाँडाकुँडा तथा विविध कलात्मक काष्ठकला संरक्षित छन्। संग्रहालयको आकर्षण बढाउने अन्य विशेषताहरूमा तीनमुखे झ्याल, टुँडाल, १६ वटा थामले सजिएको बरण्डा, विभिन्न जातजातिका संस्कृति झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष र धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनी कक्ष रहेका छन्।

    विसं २०६५ देखि सञ्चालनमा आएको यस संग्रहालयले नेपाल एकीकरणको इतिहास संरक्षण तथा प्रवर्द्धन गर्दै शैक्षिक अध्ययन र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...