News Portal

नेपालमा बाल क्यान्सर उपचारका लागि निःशुल्क औषधिको पहिलो खेप आइपुग्यो

बाल क्यान्सरको उपचारमा आवश्यक पर्ने औषधिको पहिलो खेप नेपालमा आइपुगेको छ।

संगीता गुरुङ
२४७ पटक

काठमाडौं, ५ फागुन – बाल क्यान्सरको उपचारमा आवश्यक पर्ने औषधिको पहिलो खेप नेपालमा आइपुगेको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समर्थनमा नेपाललाई बाल क्यान्सर उपचारका लागि ३५ प्रकारका औषधिहरू निःशुल्क उपलब्ध गराइने सम्झौता गरिएको थियो।

सोही सम्झौताअनुसार, नेपालमा पहिलो खेपको २,३०० भन्दा बढी औषधि प्याकेट आइपुगेको जानकारी डब्लुएचओका बाल क्यान्सर विशेषज्ञ डा. सुमन पन्थीले दिएका छन्। यी औषधिहरू नेपालका ४ प्रमुख अस्पताललाई वितरण गरिनेछ, जसमा भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र बीपी कोइराला क्यान्सर अस्पताल समावेश छन्।

सरकारले २०८१ मंसिर १ गतेबाट १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो। अब यी औषधिहरूको आगमनसँगै क्यान्सर उपचार प्रक्रिया अझ सरल र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नेपालमा हाल बाल क्यान्सरको निको हुने दर ३० प्रतिशतको आसपास छ। सरकारको लक्ष्य भनेको २०३० सम्म यस दरलाई ६० प्रतिशत पुर्याउने छ। डा. पन्थीका अनुसार, निःशुल्क औषधि प्राप्ति पछि बाल क्यान्सरको उपचारमा सुधार हुने र निको हुने दरमा वृद्धि हुनेछ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...