News Portal

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक महिला पक्राउ

नाबालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा काठमाडौंको ठमेलबाट एक महिला पक्राउ परेकी छिन्।

संगीता गुरुङ
३९१ पटक

फाल्गुन ५, काठमाडौं – नाबालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा काठमाडौंको ठमेलबाट एक महिला पक्राउ परेकी छिन्। काठमाडौँ महानगरपालिका-२६ सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति उर्फ रमिला गौतमलाई प्रहरीले पक्राउ गरेको हो।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले पीडितको उजुरीको आधारमा रमिलालाई नियन्त्रणमा लिएको जनाएको छ। उनलाई स्पामा जागिर दिने बहानामा आर्थिक प्रलोभनमा पारेर ग्राहकहरूसँग जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोप लागेको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा रमिलामाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान जारी राखेको छ। यसका लागि जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...