News Portal

सिरहामा किशोरीको शंकास्पद मृत्यु: बलात्कार आरोपपछि घटना रहस्यमय

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलमा १७ वर्षीया किशोरीको रहस्यमय मृत्युको घटनाले ठूलो चर्चा पाएको छ।

संगीता गुरुङ
२७३ पटक

सिरहा, फागुन ५ – सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलमा १७ वर्षीया रिंकु कुमारी सदायको रहस्यमय मृत्युको घटनाले ठूलो चर्चा पाएको छ। रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको मृत्युलाई लिएर विभिन्न शंका उपशंका उत्पन्न भएका छन्।

परिवारका अनुसार २६ माघको राति शौच गर्न बाहिर गएकी रिंकु ६ घण्टासम्म बेपत्ता भइन्। २७ माघ बिहान ३ बजे उनी रोइरहेको अवस्थामा घरबाहिर फेला परेपछि उनले आफ्ना आमाबुबालाई तीन युवकले आफूलाई बलात्कार गरेको बताएको दाबी गरिएको छ। रिंकुले स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेला माथि सामूहिक बलात्कारको आरोप लगाएको परिवारको भनाइ छ।

घटनापछि गाउँमा पञ्चायती सभा बसेर रु. १ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको तर पीडित पक्षले अस्वीकार गरेपछि विवाद चुलिएको थियो। यही विवादकै बीच ३० फागुनको साँझ रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

प्रहरीमा भने रिंकुको मृत्युलाई आत्महत्या दुरुत्साहनको रुपमा जाहेरी दर्ता गरिएको छ। प्रमुख आरोपी रुपेश मण्डल फरार रहेका छन् भने अन्यको हकमा जाहेरी नआएको प्रहरीले जनाएको छ।

घटनाको गम्भीरताका कारण शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविकता खुल्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यस घटनाले सिरहामा व्यापक जनआक्रोश उत्पन्न गरेको छ भने पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्। दोषीमाथि कडा कानूनी कारबाही हुनुपर्ने स्थानीयको भनाइ छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...