News Portal

ठमेलमा प्रहरीमाथि कुटपिट: अस्कल क्याम्पसका विद्यार्थी नेता पक्राउ

ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा अमृत साइन्स क्याम्पस (अस्कल) को अनेरास्ववियु इकाईका सचिव पक्राउ परेका छन्।

संगीता गुरुङ
३३३ पटक

फाल्गुन ४, काठमाडौँ – ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा अमृत साइन्स क्याम्पस (अस्कल) को अनेरास्ववियु इकाईका सचिव गोपाल बहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहीलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ।

माघ २४ गते ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि राति ड्युटीमा रहेका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि कुटपिट भएको थियो। घटनामा संलग्न रहेको आरोपमा यसअघि नै अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परिसकेका थिए।

प्रहरीले घटनामा संलग्न डडेल्धुराका रमेश फुलारा र ताप्लेजुङका दिनेश सिग्देललाई पनि नियन्त्रणमा लिएको छ। हालसम्म घटनामा संलग्न चारजना पक्राउ परिसकेका छन् भने अन्य दुईजना फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको दरबारमार्ग प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...