News Portal

ठमेलमा प्रहरीमाथि कुटपिट: अस्कल क्याम्पसका विद्यार्थी नेता पक्राउ

ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा अमृत साइन्स क्याम्पस (अस्कल) को अनेरास्ववियु इकाईका सचिव पक्राउ परेका छन्।

संगीता गुरुङ
२६९ पटक

फाल्गुन ४, काठमाडौँ – ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा अमृत साइन्स क्याम्पस (अस्कल) को अनेरास्ववियु इकाईका सचिव गोपाल बहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहीलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ।

माघ २४ गते ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि राति ड्युटीमा रहेका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि कुटपिट भएको थियो। घटनामा संलग्न रहेको आरोपमा यसअघि नै अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परिसकेका थिए।

प्रहरीले घटनामा संलग्न डडेल्धुराका रमेश फुलारा र ताप्लेजुङका दिनेश सिग्देललाई पनि नियन्त्रणमा लिएको छ। हालसम्म घटनामा संलग्न चारजना पक्राउ परिसकेका छन् भने अन्य दुईजना फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको दरबारमार्ग प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...