News Portal

ठमेलमा प्रहरी कुटपिट प्रकरण: अखिल नेता जोशीलाई जोगाउन कागजातमा हेरफेर

ठमेलमा दुई प्रहरीमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोप लागेका अखिल नेता कमलराज जोशीलाई जोगाउन प्रहरीले कागजातमा हेरफेर गरेको खुलासा भएको छ।

संगीता गुरुङ
३२९ पटक

काठमाडौं, ४ फागुन – ठमेलमा दुई प्रहरीमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोप लागेका अखिल नेता कमलराज जोशीलाई जोगाउन प्रहरीले कागजातमा हेरफेर गरेको खुलासा भएको छ। २४ माघको राति ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दरबारमार्ग प्रहरी वृत्तले २५ माघमा पक्राउ पुर्जीको लागि अनुमति माग्न कागजात तयार पारेको थियो।

प्रारम्भिक रूपमा अभद्र व्यवहारको अभियोगमा पाँच जनाको नाममा पक्राउ अनुमति माग्ने तयारी भएको थियो। सो सूचीमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीको नाम पहिलो स्थानमा राखिएको थियो। तर, ‘माथिल्लो तह’बाट दबाब आएपछि कागजात सच्याएर जोशीको नाम हटाइएको र बाँकीको हकमा मात्रै पक्राउ अनुमति मागिएको पाइएको छ।

प्रहरी स्रोतका अनुसार आक्रमणको मुख्य योजनाकार जोशी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आए पनि राजनीतिक दबाबका कारण उनलाई कानुनी कारबाहीबाट जोगाइएको थियो। यस घटनामा ताप्लेजुङका दिनेश सिग्देल, डडेल्धुराका रमेश फुलारा, नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

पक्राउ पुर्जी जारी गरिएका व्यक्तिमध्ये सिग्देल र फुलारा पक्राउ परिसकेका छन् भने जोशीविरुद्ध भने कुनै कानुनी प्रक्रिया अघि बढाइएको थिएन। संसदमा जोशीलाई उन्मुक्ति दिएको विषयमा चर्को आलोचना भएपछि १ फागुनमा नयाँ बानेश्वरबाट उनलाई पक्राउ गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद लिएर हाल उनीमाथि अनुसन्धान भइरहेको छ।

२४ माघको राति जोशीको समूहले दरबारमार्गस्थित केशरमहलबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिममाथि आक्रमण गरेको थियो। आक्रमणको क्रममा प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट खोसिएको र कुटपिट गरिएको सीसीटीभी फुटेजमा देखिन्छ।

उक्त सीसीटीभी फुटेज सार्वजनिक भएपछि घटनामा संलग्न जोशीमाथि कारबाहीको माग बढेको छ। यद्यपि, पीडित प्रहरीहरूमाथि नै छानबिन अघि बढाइएको जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...