News Portal

गुल्मीमा डोजरले ढुङ्गा खसाल्दा विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

गुल्मीको इस्मा गाउँपालिका-२ मा बाटो खन्ने क्रममा डोजरले ढुङ्गा खसाल्दा एक बालिकाको ज्यान गएको छ।

संगीता गुरुङ
२४९ पटक

फाल्गुन ४, बुटवल – गुल्मीको इस्मा गाउँपालिका-२ मा बाटो खन्ने क्रममा डोजरले ढुङ्गा खसाल्दा एक बालिकाको ज्यान गएको छ। छल्दीबाट हस्ति चौरतर्फ जाने भित्री मिटर बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले विद्यालय जाँदै गरेकी ८ वर्षीया विष्णु कुमाललाई थिचेको थियो। उनी छल्दीटारका ज्ञान बहादुर कुमालकी छोरी हुन्।

गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि गुल्मी अस्पताल पुर्याइएको थियो, तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार घटनामा जेसीबी चालकको लापरबाहीको आशंका गरिएको छ। मकवानपुरको ईन्द्रचौर गाउँपालिका-४, सिस्नेरीका ३६ वर्षीय चालक राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

स्थानीयले पनि चालकको लापरबाहीकै कारण घटना भएको आरोप लगाएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...