News Portal

विभिन्न स्थानबाट लागू औषधसहित ६ जना पक्राउ

लागू औषध नियन्त्रण अभियानअन्तर्गत देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्।

संगीता गुरुङ
३५४ पटक

फाल्गुन ४, काठमाडौँ – लागू औषध नियन्त्रण अभियानअन्तर्गत देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोके बजारमा खैरो हेरोइन जस्तो देखिने १ ग्राम २० मिलिग्राम लागू औषध सहित कैलाली धनगढी उपमहानगरपालिका–५ का २३ वर्षीय अशोक पाण्डेलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको हो। लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर शाखा र प्रहरी चौकी परासनको संयुक्त टोलीले उनलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको जनाइएको छ।

यस्तै, झापाको झापा गाउँपालिका–४, टाघनडुब्बामा १ ग्राम ६२ मिलिग्राम ब्राउनसुगर सहित मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का २४ वर्षीय दिपिन माझीलाई शनिबार साँझ पक्राउ गरिएको छ। उनी पनि भारतबाट पैदल आउँदै गर्दा पक्राउ परेका हुन्।

त्यसैगरी, झापाकै अर्जुनधारा नगरपालिका–११, बगान क्षेत्रमा १ ग्राम ७२० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २९ वर्षीय मनिष प्रधान र ४० वर्षीय वीरेन उराउलाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ।

मकवानपुरको थाहा नगरपालिका–२, इन्द्रायणी बस्तीबाट ट्रामाडोल १०० ट्याब्लेट, स्पास्मो ३० ट्याब्लेट, र स्टागन ५० ट्याब्लेट सहित सोही ठाउँका २७ वर्षीय दिनेश देउला शनिबार साँझ पक्राउ परेका छन्।

यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–४, बेनिटारमा ट्रामाडोल १०५ क्याप्सुल सहित मंगला गाउँपालिका–२ का २० वर्षीय अविषेक खड्कालाई आइतबार बिहान पक्राउ गरिएको हो। उनी काठमाडौँबाट म्याग्दीतर्फ जाँदै गरेको बसमा सवार थिए।

पक्राउ परेका सबैको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...