News Portal

काठमाडौंमा छतबाट खसेर एक जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ।

संगीता गुरुङ
३४० पटक

काठमाडौं, फागुन ४ – काठमाडौंको चन्द्रागिरिमा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ।

चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित साढे दुई तले घरको छतमा घाम ताप्ने क्रममा रेलिङमा अड्किएर तल खसेका दोलखा शैलुङ गाउँपालिका-३ का ५२ वर्षीय होमबहादुर श्रेष्ठको मृत्यु भएको हो।

आइतबार बिहान करिब पौने ९ बजे भएको यो दुर्घटनापछि गम्भीर घाइते भएका श्रेष्ठलाई तुरुन्तै सतुङगलस्थित अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी वृत्त थानकोटले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...