News Portal

झापामा प्रहरी नायब निरीक्षक मृत फेला

झापाको भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालयको ब्यारेकमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
२५३ पटक

झापा, फागुन ४ – झापाको भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालयको ब्यारेकमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान भोजपुर टेम्केमैयुङ गाउँपालिकाका स्थायी बासिन्दा र हाल मोरङ कानेपोखरी गाउँपालिका-७ मा बस्दै आएका ४९ वर्षीय धनराज खतिवडा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको तीनतले ब्यारेकको माथिल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेका खतिवडाको शव आज बिहान देखिएको हो। घटनाबारे जानकारी दिँदै निमित्त सूचना अधिकारी विजय चौहानले परिवारलाई खबर गरिसकिएको र कानुनी प्रक्रिया अघि बढाइएको बताए।

प्रहरीका अनुसार घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...