News Portal

झापामा प्रहरी नायब निरीक्षक मृत फेला

झापाको भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालयको ब्यारेकमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
२०७ पटक

झापा, फागुन ४ – झापाको भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालयको ब्यारेकमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान भोजपुर टेम्केमैयुङ गाउँपालिकाका स्थायी बासिन्दा र हाल मोरङ कानेपोखरी गाउँपालिका-७ मा बस्दै आएका ४९ वर्षीय धनराज खतिवडा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको तीनतले ब्यारेकको माथिल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेका खतिवडाको शव आज बिहान देखिएको हो। घटनाबारे जानकारी दिँदै निमित्त सूचना अधिकारी विजय चौहानले परिवारलाई खबर गरिसकिएको र कानुनी प्रक्रिया अघि बढाइएको बताए।

प्रहरीका अनुसार घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...