News Portal

गङ्गाजमुना गाउँपालिका वडा नं ५ फूलखर्क भदौरे स्थित ठोट्नेपानी सुधार सम्भार मर्मत तथा गुरु योजनाको तयारी 

गङ्गाजमुना गाउँपालिका वडा नं ५, फूलखर्क भदौरेस्थित ठोट्नेपानी सुधार, सम्भार, मर्मत तथा गुरु योजनाको तयारी गरिएको छ।

हिमालीसंचार संवाददाता
४६५ पटक

फाल्गुन ४, धादिङ – फूलखर्क (साविक वडा नम्बर १)फूलखर्कको जग्गाको क्षेत्रफल कति छ भन्ने कुरा रेखाङ्कन, सम्बर्धन, संरक्षण, र समृद्ध विकास गर्न अति आवश्यक छ। यो क्षेत्र पूर्वमा हालको गङ्गाजमुना गाउँपालिकाको १ नं वडा ( री तावल, लाबा, खादिङ, ताजिमराङ) र रूबीभ्यालीसँग जोडिएको छ। पश्चिममा गोरखा आरूघाट जोड्ने मुख्य पैदल मार्ग परापूर्वकालदेखि चलिआएको र हाल मोटरबाटो (चक्रेटो बाटो) पनि यही मार्ग हुँदै निर्माण भएको छ।

यसको सिमाना:

पूर्वमा: रूबीभ्याली हुँदै रसुवा र नुवाकोट

पश्चिममा: गोरखा आरूघाट

उत्तरमा: गङ्गाजमुना हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत

दक्षिणमा: आँखु नदी हुँदै धादिङ र काठमाडौँसम्म जाने मुख्य बाटो

परापूर्वकालदेखि त्यहाँ चित्रा फुङ्गा लिएर बेच्न आउने, बास बस्ने, दशैं-तिहार र जाडो मौसममा खसी, बोका, भेडी गोठ ल्याएर राख्ने र बेच्ने गरिन्थ्यो।

फूलखर्कको धरोहर विकासप्रेमी व्यक्तित्व बेगबहादुर अधिकारीले त्यहाँको जनतालाई शिक्षा दिन काठमाडौँबाट शिक्षक ल्याई पहिलो पटक भाषा पाठशाला स्थापना गरेका थिए। अहिले पनि गुरु बस्ने सानो घरको भग्नावशेष देख्न सकिन्छ।

त्यहाँ चरन क्षेत्रको रूपमा प्रयोग गरिएको पानीको पोखरी, चौतारा र पानीको धाराको निर्माण गरिएको थियो। बटुवाहरूको लागि पार्टी पौवा पनि बनाइएको थियो।

गुरु योजनामा गरिनुपर्ने कार्यहरू:

१. गङ्गाजमुना गाउँपालिका वडा नं ५, फूलखर्क भदौरे, ठोट्नेपानीको गुरु योजना तयार गर्ने:

(क) गाउँपालिकाको इञ्जिनियरको सहयोगमा नक्सा रेखाङ्कन गर्ने।

(ख) गुरु योजनामा निम्न कार्य योजना बनाई क्रमशः कार्यान्वयन गर्ने:

सम्पूर्ण क्षेत्रको ढुङ्गाको पर्खाल भत्केको हुँदा संरक्षण गर्ने।

मन्दिर क्षेत्र वरपर वृक्षारोपण गर्ने र पुराना रूखहरूको संरक्षण गर्ने।

चौतारा निर्माण तथा संरक्षण गर्ने।

पानीको धाराको मर्मत सम्भार गर्ने र पुरानो पोखरीलाई पुनर्स्थापना गर्दै पानी वितरण तथा परिचालन गर्ने।

२. सहयोगदाता र दानीहरूको सहयोगमा पूजा स्थलको निर्माण गर्ने:

गङ्गाजमुना जाने भक्तजनहरूको फूलको डोली, फूल, प्रसाद राख्ने र बस्ने ठाउँ निर्माण गर्ने।

. सहयोग शिविर खडा गर्ने।

४. दानीहरूको इच्छाअनुसार मूर्ति तथा मन्दिर निर्माण गर्ने।

५. गाउँपालिकाको रोहबरमा संगठन निर्माण गर्ने:

गाउँपालिका अध्यक्ष: अध्यक्ष

गाउँका वृद्ध अभिभावक, बुद्धिजीवी, समाजसेवी: सल्लाहकार

वडा अध्यक्ष / उपाध्यक्ष, विशिष्ट व्यक्तित्वहरू: मुख्य सल्लाहकार

विशिष्ट पण्डित: कार्यकारी एजुकेटिभ सदस्य

कार्य समितिको प्रस्तावित संरचना:

वडा नं ५ को वडा अध्यक्षको उपस्थितिमा सर्वसम्मत रूपमा गठन

अध्यक्ष: खिलबहादुर अधिकारी

उपाध्यक्ष: धनबहादुर बिक (ख)

सचिव: मिनबहादुर बानियाँ

कोषाध्यक्ष: पार्वती बिक

सदस्यहरू:

गुमानसिंह बानियाँ

लीलाबहादुर बानियाँ

तुलसी बानियाँ

टिका अधिकारी

खिलबहादुर बिक

भूमिनन्द नेपाल

सरिता बिक

प्रमुख सल्लाहकार: प्रभाकर अधिकारी

सहयोगी दाताहरू:

उत्तम अधिकारी (अमेरिकामा रहेर जन्मभूमिमा मन्दिर स्थापना गर्ने) – रु ३,००,०००

सुनिता अधिकारी (खिलबहादुर अधिकारीकी छोरी) – रु १,००,०००

ज्ञानु अधिकारी रुवाली – रु ४०,०००

अनिता अधिकारी – रु ५,०००

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...