News Portal

नेपालबाट भारत जाँदै गरेको पिकअप गाडीले ठक्कर दिँदा ६२वर्षीया गाेैरिया देवी दास घाइते

नेपालबाट भारत अवैध रुपमा गाईगोरु ओसारपसार 

हिमालीसंचार संवाददाता
१९१ पटक

मोरङ-मोरङको रतुवामा नगरपालिका वडा नम्बर ३ स्थित साेनापुरमा शनिबार बिहान नेपालबाट भारत तर्फ जाँदै गरेकाे पिकपले ठक्रबाट एक महिला घाइते भएको स्थानीयले बताए । नेपालबाट भारत तर्फ जाँदै गरेको १-०१-००१ च ५६२ नम्बरको पिकअप गाडिकाे ठक्करबाट  ६२ वर्षीया गाेैरिया देवी दास घाइते भएपछि उनको बिराटनगर स्थित न्युराे अस्पतालमा उपचार भईरहेकाे परिवारले जनाएको छ।

स्थानीयका अनुसार नेपालबाट अबैध रुपमा साेनापुर हुदै भारत तर्फ दैनिकी १० देखि १५ पटक सम्म गाई ,गाेरु पिकप गाडिमा लाेडगरेर भारत तर्फे लैजाने गरेको स्थानीय बताए । स्थानीयका अनुसार गाेविन्द साहले पिक गाडिमा नेपाल प्रहरी र ससस्त्र प्रहरीकाे मिलेमताेमा अबैध रुपमा भारत तर्फ गाई गाेरु लैजाने गरेकाे स्थानीयले आराेप लगाएका छन ।

दैनिकी बिहान ४ बजे देखि राति ८ बजे सम्म १० देखि १२ बटा गाडिमा दैनिकी एउटा गाडिमा ७ देखि ९ बटा सम्म गाई, गाेरु, राँगाहरु लाेड गरेर लैजाने गरेको स्थानीय बताए । उक्त गाडिमा माेरङकाे लेटाङ,दाेहमना, उर्लाबारी र झापकाे दमक बाट गाईहरु लाेडगरेर भारत तर्फ लैजाने गरेकाे स्थानीयले बताए ।

उनिहरुले नेपालीको थलगाछिमा गाई, गाेरु हरु लैजाने र त्यहीँबाट बाेडर पारगरेर भारतकाे प्यागटाेल गाउँबाट बहादुर गांजबाट पुनः लाेडगरेर भारतकाे विभिन्न स्थानहरुमा बिक्रीका लागि लैजाने गरेकाे स्थानीयले बताएका छन ।स्थानीय हरुले बारम्बार प्रहरीलाई जानकारी गराउदा समेत बेवास्ता गर्ने गरेकाे स्थानीयले आराेप  लगाएका छन । उक्त गाडिमा गाई गाेरु लैजादा सडकमा गडिहरु द्रुतगतिमा लैजाने गरेको दुर्घटना समेत निम्तियाउने गरेको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...