News Portal

नेपालबाट भारत जाँदै गरेको पिकअप गाडीले ठक्कर दिँदा ६२वर्षीया गाेैरिया देवी दास घाइते

नेपालबाट भारत अवैध रुपमा गाईगोरु ओसारपसार 

हिमालीसंचार संवाददाता
२३८ पटक

मोरङ-मोरङको रतुवामा नगरपालिका वडा नम्बर ३ स्थित साेनापुरमा शनिबार बिहान नेपालबाट भारत तर्फ जाँदै गरेकाे पिकपले ठक्रबाट एक महिला घाइते भएको स्थानीयले बताए । नेपालबाट भारत तर्फ जाँदै गरेको १-०१-००१ च ५६२ नम्बरको पिकअप गाडिकाे ठक्करबाट  ६२ वर्षीया गाेैरिया देवी दास घाइते भएपछि उनको बिराटनगर स्थित न्युराे अस्पतालमा उपचार भईरहेकाे परिवारले जनाएको छ।

स्थानीयका अनुसार नेपालबाट अबैध रुपमा साेनापुर हुदै भारत तर्फ दैनिकी १० देखि १५ पटक सम्म गाई ,गाेरु पिकप गाडिमा लाेडगरेर भारत तर्फे लैजाने गरेको स्थानीय बताए । स्थानीयका अनुसार गाेविन्द साहले पिक गाडिमा नेपाल प्रहरी र ससस्त्र प्रहरीकाे मिलेमताेमा अबैध रुपमा भारत तर्फ गाई गाेरु लैजाने गरेकाे स्थानीयले आराेप लगाएका छन ।

दैनिकी बिहान ४ बजे देखि राति ८ बजे सम्म १० देखि १२ बटा गाडिमा दैनिकी एउटा गाडिमा ७ देखि ९ बटा सम्म गाई, गाेरु, राँगाहरु लाेड गरेर लैजाने गरेको स्थानीय बताए । उक्त गाडिमा माेरङकाे लेटाङ,दाेहमना, उर्लाबारी र झापकाे दमक बाट गाईहरु लाेडगरेर भारत तर्फ लैजाने गरेकाे स्थानीयले बताए ।

उनिहरुले नेपालीको थलगाछिमा गाई, गाेरु हरु लैजाने र त्यहीँबाट बाेडर पारगरेर भारतकाे प्यागटाेल गाउँबाट बहादुर गांजबाट पुनः लाेडगरेर भारतकाे विभिन्न स्थानहरुमा बिक्रीका लागि लैजाने गरेकाे स्थानीयले बताएका छन ।स्थानीय हरुले बारम्बार प्रहरीलाई जानकारी गराउदा समेत बेवास्ता गर्ने गरेकाे स्थानीयले आराेप  लगाएका छन । उक्त गाडिमा गाई गाेरु लैजादा सडकमा गडिहरु द्रुतगतिमा लैजाने गरेको दुर्घटना समेत निम्तियाउने गरेको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...