News Portal

  • पेट्रोल सकिएपछि नयाँ गाडी चोरेर भाग्ने युवक पक्राउ

    विराटनगरमा शोरुमबाट नयाँ गाडी चोरेर भाग्ने युवक पक्राउ परेका छन्।

    संगीता गुरुङ
    २८० पटक

    विराटनगर, २ फागुन – विराटनगरमा शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोषकुमार बिन पेट्रोल सकिएपछि समातिएका छन्। विराटनगर महानगरपालिका–३, पिपल चोकनजिक रहेको पूजा इन्टरनेसनल नेपाल प्रालिको फोक्स बगान कम्पनीको शोरुमबाट बिहीबार राति गाडी चोरी भएको थियो।

    मध्यरातमा शोरुममा प्रवेश गरेर सिसा फुटाउँदै मन्तोषले बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी चोरेका थिए। गाडीमा सामान हालेर उनले भारततर्फ भाग्न खोजेका थिए। तर, पेट्रोल सकिएपछि गढी गाउँपालिका–५ को भित्री सडकमा गाडी रोकियो र उनी पक्राउ परे।

    शुक्रबार बिहान शोरुम सञ्चालकले गाडी हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै प्रहरी टोलीले खोजी सुरु गरेको थियो। दिउँसो सुनसरीमा शंकास्पद अवस्थामा गाडी फेला परेपछि प्रहरीले मन्तोषलाई पक्राउ गर्‍यो।

    चोरीमा संलग्न मन्तोष गढी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् र हाल विराटनगर–४ मा बस्दै आएका थिए।

    प्रहरीका अनुसार गाडीसँगै चाबी पनि शोरुममै छोडिएकाले चोरी गर्न सजिलो भएको थियो। चोरी भएको गाडीको मूल्य करिब ८० लाख रुपैयाँ रहेको छ।

    मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले पक्राउ परेका मन्तोषकुमार बिनमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...