News Portal

त्रिशूली जाँदै गरेको ग्यास बोक्ने गाडीमा लिक, राजमार्ग बन्द

काठमाडौंबाट त्रिशूलीतर्फ गइरहेको ग्यास बोक्ने गाडीमा अमोनिया ग्यास लिक भएपछि पृथ्वी राजमार्गको दुबै तर्फको बाटो अवरूद्ध गरिएको छ।

संगीता गुरुङ
२९३ पटक

फाल्गुन २, धादिङ – काठमाडौंबाट त्रिशूलीतर्फ गइरहेको ग्यास बोक्ने गाडीमा अमोनिया ग्यास लिक भएपछि पृथ्वी राजमार्गको दुबै तर्फको बाटो अवरूद्ध गरिएको छ।

धुनीवेशी नगरपालिका-९ बाहुनडाँडामा पुगेपछि गाडीमा रहेको एमोनिया ग्यासको सिलिन्डर लिक भएको पुष्टि भएको हो। नुवाकोटको चिस्यान केन्द्रमा पुर्‍याउन लागिएको १७ वटा सिलिन्डरमध्ये एकबाट ग्यास लिक भएको आशंकामा सुरक्षाका लागि राजमार्ग बन्द गरिएको बताइएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार सम्भावित दुर्घटना टार्न दमकल प्रयोग गरी ‘फोम’ हानेर ग्यासको असर कम गर्ने प्रयास भइरहेको छ।

सिलिन्डर लिक भएपछि राजमार्गमा सवारी आवागमन रोकिएको छ भने हालसम्म कुनै जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...