News Portal

त्रिशूली जाँदै गरेको ग्यास बोक्ने गाडीमा लिक, राजमार्ग बन्द

काठमाडौंबाट त्रिशूलीतर्फ गइरहेको ग्यास बोक्ने गाडीमा अमोनिया ग्यास लिक भएपछि पृथ्वी राजमार्गको दुबै तर्फको बाटो अवरूद्ध गरिएको छ।

संगीता गुरुङ
३३३ पटक

फाल्गुन २, धादिङ – काठमाडौंबाट त्रिशूलीतर्फ गइरहेको ग्यास बोक्ने गाडीमा अमोनिया ग्यास लिक भएपछि पृथ्वी राजमार्गको दुबै तर्फको बाटो अवरूद्ध गरिएको छ।

धुनीवेशी नगरपालिका-९ बाहुनडाँडामा पुगेपछि गाडीमा रहेको एमोनिया ग्यासको सिलिन्डर लिक भएको पुष्टि भएको हो। नुवाकोटको चिस्यान केन्द्रमा पुर्‍याउन लागिएको १७ वटा सिलिन्डरमध्ये एकबाट ग्यास लिक भएको आशंकामा सुरक्षाका लागि राजमार्ग बन्द गरिएको बताइएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार सम्भावित दुर्घटना टार्न दमकल प्रयोग गरी ‘फोम’ हानेर ग्यासको असर कम गर्ने प्रयास भइरहेको छ।

सिलिन्डर लिक भएपछि राजमार्गमा सवारी आवागमन रोकिएको छ भने हालसम्म कुनै जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...