News Portal

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान अघि बढ्यो

बालमन्दिरको जग्गा भाडामा लगाउने क्रममा अनियमितता भएको आरोपसँगै राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ।

संगीता गुरुङ
३०७ पटक

फाल्गुन २, काठमाडौँ – बालमन्दिरको जग्गा भाडामा लगाउने क्रममा अनियमितता भएको आरोपसँगै राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ। नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा आर्थिक हिनामिना भएको आशङ्का गरिएको छ भने यसमा संलग्न भनिएकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्यलाई उन्मुक्ति दिएको विषयमा आयोगले छानबिन अघि बढाएको हो।

सरकारी वकिल कार्यालय, काठमाडौँले सत्ता र प्रभावको आडमा वैद्यमाथि मुद्दा नचलाउने निर्णय गरेपछि यो प्रकरण थप विवादमा आएको थियो। सोही निर्णय बाहिरिएपछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गर्दै छानबिन थालेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिएका छन्।

आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौँसँग निर्णयसम्बन्धी प्रतिलिपि मागेको छ। साथै, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई पनि अनुसन्धानसम्बन्धी सम्पूर्ण दस्तावेज सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको छ।

यस प्रकरणको विस्तृत छानबिनपश्चात् थप विवरणहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...