News Portal

पोखरामा वायु प्रदूषणको स्तर उच्च, जनस्वास्थ्यमा गम्भीर असर पर्ने खतरा

पोखरामा वायु प्रदूषणको मात्रा उच्च स्तरमा पुगेको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।

संगीता गुरुङ
२५३ पटक

पोखरा, फाल्गुन २ – पोखरामा वायु प्रदूषणको मात्रा खतरनाक स्तरमा पुगेको छ। वातावरण विभागको वायु गुणस्तर निगरानी अनुसार पोखराको गण्डकी बोर्डिङ स्कुल केन्द्रमा शुक्रबार बिहान ६ बजे वायु शुद्धता सूचकांक (AQI) २०७ मापन गरिएको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।

लगातार तीन दिनदेखि पोखरामा वायु प्रदूषणको मात्रा उच्च रहँदै आएको छ। भक्तपुरमा AQI १८७, शंखपार्कमा १८६, ललितपुरको भैंसेपाटीमा १७६, रत्नपार्कमा १७४, खुमलटारमा १७२, भरतपुरमा १६५, धनगढीमा १६४ र हेटौंडामा १६१ पुगेको वातावरण विभागले जनाएको छ।

वायु शुद्धता सूचकांक ०–५० सम्म सुरक्षित, ५१–१०० सम्म सामान्य, १०१–१५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० सम्म अस्वस्थ, २०१–३०० सम्म अत्यन्त अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।

नेपालको वायु प्रदूषणको अवस्था यति गम्भीर बनेको छ कि विश्वको सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा नेपाल चौथो स्थानमा परेको छ। आइक्यु एयरको तथ्यांकअनुसार पहिलो स्थानमा पाकिस्तानको लाहोर, दोस्रोमा चीनको वुहान, तेस्रोमा इराकको बग्दाद र चौथोमा काठमाडौं रहेका छन्।

विशेषज्ञहरूका अनुसार हिउँदे वर्षा नहुँदा र सडक तथा पूर्वाधार निर्माणको चाप बढेकाले वायु प्रदूषणको स्तर उच्च बनेको हो। साथै, सहरी क्षेत्रमा सवारीसाधनको चाप र उच्च पहाडी तथा मध्य पहाडी क्षेत्रमा डढेलोको घटनाले पनि प्रदूषणको मात्रा थप बढाएको बताइएको छ।

यस अवस्थाले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...