News Portal

लक्ष्मी बैंक रंगेली शाखाले जेहेन्दार विद्यार्थीलाई १० हजार सहयोग

लक्ष्मी सनराइज बैंक रंगेली शाखाले पब्लिक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार एक छात्रालाई एक वर्षका लागि १० हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।

रबिन्द्र बराल
२१६ पटक

फाल्गुन १, मोरङ – लक्ष्मी सनराइज बैंक, रंगेली शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत आज देशभरि विभिन्न कार्यक्रम गरेको छ। बैंकले रंगेली नगरपालिका-६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार एक छात्रालाई एक वर्षका लागि १० हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा कक्षा ५ मा अध्ययनरत लक्ष्मी कुमारी मण्डललाई विद्यालयका शिक्षक-शिक्षिकाहरूले विद्यालयभरि छानोट गरेका हुन्। लक्ष्मी मण्डलको घरको आर्थिक अभाव र ६ वर्षअघि बुबा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएपछि आमालाई पालनपोषणमा समस्या भएको देखेपछि तथा उनको पढाइमा लगनशीलता र हरेक क्रियाकलापमा राम्रो प्रदर्शन गरेको कारण विद्यालयले उनलाई सहयोगका लागि छनोट गरेको विद्यालयका शिक्षकले बताए।

उक्त कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक हेमा मिश्रा, इन्जिनियर कमलेश्वर ठाकुर, बैंकका रंगेली प्रबन्धक लक्ष्मीप्रसाद साह, जीवन बराल, वडाध्यक्ष सुरजित मण्डल, विद्यालयका शिक्षक घनश्याम मण्डल, हंसराज राजवंशी, प्रकाश मण्डल, कविता नेपाल, एभिन्युज टेलिभिजनका रविन्द्र बराल लगायतको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...