News Portal

नेपालमा बाल क्यान्सरको निःशुल्क औषधि छिट्टै आइपुग्ने

बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नेपालमा छिट्टै निःशुल्क उपलब्ध हुने भएको छ।

संगीता गुरुङ
२३६ पटक

फाल्गुन १, काठमाडौँ – बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नेपालमा छिट्टै निःशुल्क उपलब्ध हुने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क प्रदान गर्न लागेको हो।

यो सहकार्य अन्तर्गत नेपालले आगामी ५ वर्षसम्मका लागि यी औषधिहरू नि:शुल्क पाउँदैछ। पहिलो चरणमा, एक वर्षसम्म पुग्ने औषधि नेपाल भित्रिने तयारी भइरहेको छ। विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा. सुमन पन्थीका अनुसार पहिलो लटको औषधि एक हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छिट्टै सरकारलाई हस्तान्तरण गरिने योजना छ।

निःशुल्क औषधिहरू भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल, र चितवनको बीपी कोइराला क्यान्सर अस्पताललाई उपलब्ध गराइनेछ।

नेपालमा हाल बाल क्यान्सर निको हुने दर करिब ३० प्रतिशत मात्रै रहेकोमा सन् २०३० सम्म यो दर कम्तीमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। डा. पन्थीका अनुसार निःशुल्क औषधि उपलब्ध भएपछि बाल क्यान्सरको उपचारमा सुधार हुने र निको हुने दरमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...