News Portal

नेपालमा बाल क्यान्सरको निःशुल्क औषधि छिट्टै आइपुग्ने

बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नेपालमा छिट्टै निःशुल्क उपलब्ध हुने भएको छ।

संगीता गुरुङ
१८७ पटक

फाल्गुन १, काठमाडौँ – बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नेपालमा छिट्टै निःशुल्क उपलब्ध हुने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क प्रदान गर्न लागेको हो।

यो सहकार्य अन्तर्गत नेपालले आगामी ५ वर्षसम्मका लागि यी औषधिहरू नि:शुल्क पाउँदैछ। पहिलो चरणमा, एक वर्षसम्म पुग्ने औषधि नेपाल भित्रिने तयारी भइरहेको छ। विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा. सुमन पन्थीका अनुसार पहिलो लटको औषधि एक हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छिट्टै सरकारलाई हस्तान्तरण गरिने योजना छ।

निःशुल्क औषधिहरू भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल, र चितवनको बीपी कोइराला क्यान्सर अस्पताललाई उपलब्ध गराइनेछ।

नेपालमा हाल बाल क्यान्सर निको हुने दर करिब ३० प्रतिशत मात्रै रहेकोमा सन् २०३० सम्म यो दर कम्तीमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। डा. पन्थीका अनुसार निःशुल्क औषधि उपलब्ध भएपछि बाल क्यान्सरको उपचारमा सुधार हुने र निको हुने दरमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...