News Portal

  • १० महिना बित्दा पनि मलेसियामा हत्या भएकी छोरीको शव नआउँदा वृद्ध आमाको पीडा

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्की १० महिनादेखि छोरीको शवको प्रतीक्षामा छिन्।

    संगीता गुरुङ
    ११८ पटक

    फाल्गुन १, लुम्बिनी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्की १० महिनादेखि छोरीको शव ल्याउन भौँतारिरहेकी छन्। रोजगारीको लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर आएको १० महिना बितिसक्दा पनि शव नेपाल ल्याउन नसक्दा उनी निरन्तर वडा कार्यालय र नगरपालिका धाइरहेकी छन्।

    मातातीर्थ औँसीको दिन आमालाई फोन गरेर शुभकामना दिएको त्यो अन्तिम पल भएको सम्झँदै धनमायाले आँसु थाम्न सक्दिनन्। त्यसको एक हप्तापछि छोरी तिलमाया सार्कीको हत्या भएको खबरले उनी विक्षिप्त भइन्। मलेसियामा हत्या भएको सुनेदेखि नै धनमायाको आँखा ओभाउन सकेको छैन।

    श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर तिलमाया मलेसिया गएकी थिइन्। हत्या भएको १० महिना बितिसक्दा पनि न शव नेपाल आएको छ, न त राज्यबाट राहत रकम नै प्राप्त भएको छ।

    धनमायाले आवश्यक सबै कागजात पूरा गरी मलेसिया पठाए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गर्दै भनिन्, “शव आउला भन्ने आशामा १० महिना बितिसक्यो, तर अझै शव देख्न पाइएन। म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, थाहा छैन।”

    तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र अनुसन्धान नसकिएकाले शव नेपाल पठाउन नसकिएको मलेसियन दूतावासले जनाएको छ। सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) का अनुसार मुद्दा किनारा नलागेसम्म शव नेपाल पठाउँदा कानुनी प्रक्रिया जटिल हुन सक्ने जनाइएको छ।

    वैदेशिक रोजगार बोर्डको नियमअनुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गर्नुपर्ने हुन्छ। समयमै शव र कागजात नआउँदा राहत नपाइने डरमा रहेको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन्। “जे हुने भइहाल्यो, तर केही राहत पाए छोरीको लालनपालनमा सहयोग हुने थियो,” उनले दुखेसो पोखिन्।

    वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार शव पहिचानमा ढिलाइ भएकाले नेपाल ल्याउन नसकिएको हो। “मलेसियन अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित नगरेको र अनुसन्धान जारी रहेकाले शव अस्पतालमै रहेको जानकारी पाएका छौँ,” उनले स्पष्ट पारे।

    सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म नवलपरासीबाट वैदेशिक रोजगारीमा गएका १८ जनाको मृत्यु भएको छ, जसमध्ये तीन जनाको शव अझै नेपाल आउन बाँकी छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीको कटाक्ष : ‘संसद बहिष्कार गर्नेहरू लोकतन्त्र विरोधी तरमार हुन्’

    कैलाली, साउन १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गर्दै...

    पूर्वप्रदेशप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा : पक्राउपछि १० दिनमै अभियोजन प्रक्रिया टुंगोमा

    काठमाडौं, साउन १३ – मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा ‘अहिराज’माथि बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा...

    अपेक्षापूर्तिमा कमजोरी, अब सुधार र सुदृढीकरणको बाटो : समाजवादी मोर्चा

    काठमाडौं, साउन १३ – पछिल्लो समय जनताको विश्वास र कार्यकर्ताको अपेक्षाअनुसार गति लिन नसकेको भन्दै...

    गिरीबन्धु टी इस्टेटको जमिन चिया खेतीबाहेक प्रयोग गरे सरकारको स्वामित्वमा जाने : भूमि मन्त्री अधिकारी

    काठमाडौं, साउन १३ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापास्थित गिरीबन्धु...

    समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु, विप्लव असन्तुष्ट : मोर्चा विघटनको प्रस्तावले नेताहरू झस्किए

    काठमाडौं, साउन १३ – राजधानीको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक...