News Portal

बूढानीलकण्ठमा अनलाइन बेटिङमा संलग्न २३ जना पक्राउ, अर्बौंको कारोबार

काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा अनलाइन बेटिङको माध्यमबाट अर्बौंको कारोबार गर्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
३६८ पटक

काठमाडौं, २९ माघ – काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा अनलाइन बेटिङको माध्यमबाट अर्बौंको कारोबार गर्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमा उक्त घटनाबारे खुलासा गरेको हो। परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले पक्राउ परेकाहरूले “लोटस ३६५” अनलाइन प्लेटफर्म मार्फत ३ अर्ब १३ करोडभन्दा बढीको रकमको कारोबार गरेको जानकारी दिएका छन्।

प्रहरीका अनुसार, पक्राउ परेका अधिकांश भारतीय नागरिक हुन् र उनीहरू एक वर्षअघि नेपाल आएका थिए। उनीहरूले अनलाइन बेटिङको माध्यमबाट ठगी पनि गरेका छन्।

पक्राउ परेका व्यक्तिहरूबाट ८८ वटा मोबाइल फोन, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरिएको छ। त्यस्तै, क्रिप्टो करेन्सी मार्फत ८६ करोड ९१ लाख ९७ हजार भन्दा बढीको कारोबार भएको पनि पाइएको छ।

प्रहरीले अब उनीहरूमाथि म्याद थपेर थप अनुसन्धान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...