News Portal

चाबहिलको कुमारीगालमा मध्यराति हत्या, तीन पक्राउ

चाबहिलको कुमारीगालमा मध्यराति दुई पक्षबीच भएको झडपमा एक युवकको हत्या भएको छ।

संगीता गुरुङ
३३९ पटक

माघ २८, काठमाडौं – चाबहिलको कुमारीगालमा मध्यराति दुई पक्षबीच भएको झडपमा एक युवकको हत्या भएको छ। काभ्रे जिल्लाका २२ वर्षीय अमृत कार्कीलाई छुरा प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ। घटनामा अमृतको छातीमा गम्भीर चोट लागेको र मृत्यु भएको पुष्टि भएको छ।

प्रहरीले उक्त घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। पक्राउ परेका व्यक्तिहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरी वृत्त गौशालाले घटनाको गहिरो अनुसन्धान गर्दै थप जानकारी पत्रकार सम्मेलन मार्फत दिन तयारी गरिरहेको छ।

यस घटनाबारेमा विस्तृत अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...