News Portal

सांसद अमरेशकुमार सिंहको बालेन शाहलाई चुनौती: “हिम्मत छ भने सिंहदरबार र शीतल निवास भत्काएर देखाऊ”

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कडा चुनौती दिँदै "हिम्मत छ भने सिंहदरबार र शीतल निवास भत्काएर देखाऊ" भनेका छन्।

संगीता गुरुङ
२४२ पटक

काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तीव्र आलोचना गर्दै उनको पछिल्लो कार्यशैलीलाई “हिटलर शैली” को संज्ञा दिएका छन्।

सिंहले सोमबार, प्रतिनिधि सभा बैठकमा बोल्दै मेयर शाहले काठमाडौंको कवाडी व्यवसायमा डोजर चलाएर गरिब मजदुरहरूलाई घाइते बनाएको आरोप लगाए। उनले भने, “घाइते हुने मजदुरहरूमा मुस्लिम, दलित र मधेसी समुदायका नागरिक पनि छन्। गरिब जनतामाथि दमन गरेर विकास गर्न खोज्ने यो प्रवृत्ति स्वीकार्य छैन।”

सांसद सिंहले बालेन शाहलाई कडा चुनौती दिंदै भने, “यदि साँच्चै हिम्मत छ भने सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ।” उनले बालेन शाहको कार्यशैलीलाई “नाजीवाद शैली” को संज्ञा दिंदै त्यसलाई अस्वीकार्य बताएका छन्।

स्मरण रहोस्, बालेन शाहको नेतृत्वमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरूमा निरन्तर डोजर चलाउने नीति लिएको छ, जसले विभिन्न क्षेत्रबाट समर्थन र विरोध दुवै पाइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...