News Portal

ठमेलमा प्रहरीमाथि आक्रमण गर्ने दुई युवक पक्राउ, ५ दिनको म्याद थप

ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई युवकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ।

संगीता गुरुङ
२७५ पटक

काठमाडौं, २८ माघ – ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई युवकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ परेका युवाहरू ताप्लेजुङ फुङलिङ नगरपालिका-१ का २६ वर्षीय दिनेश सिग्देल र डडेलधुरा गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारा हुन्। उनीहरू अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत विद्यार्थी हुन् भने नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध रहेको खुलेको छ।

प्रहरीका अनुसार घटनाका क्रममा दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टिम (QRT) का प्रहरीमाथि उनीहरूको समूहले आक्रमण गरेको थियो। आक्रमणका कारण दुई प्रहरी घाइते भएका छन् भने आक्रमणकारीहरूले प्रहरीको मोटरसाइकल लडाउनुका साथै कुटपिट गर्दै प्रहरीको लौरोसमेत फालिदिएका थिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...