News Portal

तनहुँमा प्रहरी कुटपिट आरोपमा चार जना पक्राउ

तनहुँमा ड्युटीमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट गरेको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संगीता गुरुङ
२५३ पटक

तनहुँ – तनहुँमा ड्युटीमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट गरेको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार व्यास नगरपालिका–५ स्थित चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा रहेको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि शनिबार राति आक्रमण भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा व्यास–४ का रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ का सुदीप विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार शनिबार राति करिब २ बजे मानुङकोट क्षेत्रमा झडप भएको थियो, जसक्रममा प्रहरी जवानमाथि हातपात भएको थियो। पक्राउ परेका चारै जनामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ भने अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...