News Portal

भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना: एकको निधन, दुई दर्जन घाइते

भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २ दर्जन घाइते भएका छन्।

समिर कुमार अधिकारी (द्रुपद)
३७५ पटक

भक्तपुर, २८ माघ – भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २ दर्जनभन्दा बढी घाइते भएका छन्।

भक्तपुरबाट २९ जनासहित देवघाट तीर्थयात्रामा गएको बस गएराति करिब १० बजे धादिङ जिल्लाको नौबिसेमा दुर्घटनाग्रस्त भएको हो। गुडिरहेका बेला बसको पट्टा (स्प्रिंग) भाँचिएर बीच सडकमै पछाडिपट्टि पल्टिएको थियो।

दुर्घटनामा परी ज्यान गुमाउनेमा दोलखाको तामाकोशी गाउँपालिका-१ निवासी पार्वती काफ्ले रहेको आफन्तहरूले पुष्टि गरेका छन्। करिब ४८ वर्षीया पार्वती भक्तपुरका चर्चित सामाजिक अभियन्ता नवराज काफ्लेकी भाउजू हुन्। दुर्घटनामा काफ्ले परिवारका मात्र १८ जना घाइते भएका छन्।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूसहित १७ जना घाइतेहरू वीर अस्पताल, ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, र बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत छन्। ११ जना भने सामान्य उपचारपछि घर फर्किएको बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...