News Portal

सहर छाडेर गाउँमै रमाउँदै मैनाली परिवार

मैनाली परिवार गाउँ फर्केर गाईपालन व्यवसायबाट आर्थिक रूपमा सफल भई आत्मनिर्भर बनेका छन्।

रबिन्द्र बराल
३६४ पटक

माघ २८, मोरङ – रतुवामाई नगरपालिका-५ स्थित गोविन्दपुरमा ३ वर्षअघि स्थापना भएको समर कृषि फार्म सञ्चालनमा आएपछि अहिले उक्त फार्ममा होलेस्टाइन जातका १७ वटा गाई पालन गरिएको छ। फार्मबाट दैनिक २०० लिटर दूध बिक्री भइरहेको छ।

स्थानीय रमेश मैनाली १० वर्षअघि परिवारसहित काठमाडौं बसाइँ सरेका थिए। रोजगारीका सिलसिलामा उनले सोलुखुम्बुमा एक नेटवर्क कम्पनीको व्यवस्थापकको रूपमा काम गरिरहेका थिए। तर, गाउँमा रहेको ८ बिघा खेतीयोग्य जमिन अरूलाई ठेक्का दिएर काठमाडौंमा बस्दा एक जनाको कमाइबाट घर खर्च टार्न कठिन भएको महसुस गरे। त्यसपछि उनले परिवारलाई गाउँ फर्केर केही गर्ने आत्मविश्वासका साथ आफ्नै ८ बिघा जमिन र थप ४ बिघा लिजमा लिएर गाईपालन सुरु गरे।

गाईपालन व्यवसायका लागि १ करोड रुपैयाँ खर्च गरेर फार्म सुरु गरिएको मैनाली बताउँछन्। सुरुवाती चरणमा व्यवसाय सफल हुन्छ कि हुँदैन भन्ने चिन्ता भए पनि अहिले उनी केही मात्रामा सफल भएको अनुभव गरिरहेका छन्। हाल दैनिक २०० लिटर दूध जीवन विकास संस्थाले खरिद गर्छ, भने केही दूध गाउँघरमै बिक्री हुन्छ।

दूध बिक्रीमा खासै समस्या नभए पनि दूध किन्ने संस्थाले तीन महिनासम्म भुक्तानी रोक्दा समस्या हुने गरेको उनी बताउँछन्। साथै, सरकारले वास्तविक कृषकहरूलाई पहिचान गर्न नसक्दा केन्द्र, प्रदेश, र स्थानीय सरकारले झोलामा बोकेर हिँड्नेहरूलाई अनुदान दिने तर नेताको चाकडी गर्नेहरूलाई मात्र हरेक वर्ष अनुदान दिने गरेको आरोप लगाएका छन्।

रतुवामाई नगरपालिकाको कृषि शाखाले गाईपालक कृषकहरूको घरमै आएर गाईका रोग परीक्षण वा अन्य समस्याहरू बुझ्ने पहल नगरेको गुनासो पनि मैनालीले गरेका छन्।

१० वर्ष काठमाडौं बसेपछि पुनः गाउँ फर्केर गाईपालन थालेकोमा आफूहरू खुसी रहेको उनकी श्रीमती मञ्जु घिमिरे बताउँछिन्। उनले मास्टर डिग्री सके पनि रोजगारी नपाएपछि आफ्नै व्यवसायमा लाग्ने निर्णय गरेको सुनाइन्।

गाईपालनसँगै उनीहरूले आफ्नै खेतमा घाँस, मकै आदि खेती गर्दै आएका छन्। रासायनिक मलभन्दा गाईको गोबरको प्रयोगले राम्रो उत्पादन भइरहेको छ। अहिले दूध बिक्री गरेर मासिक सबै खर्च कटाएर १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...