News Portal

अवैध सम्पत्ति प्रकरण: मेयर बस्नेतविरुद्ध अख्तियारको दोस्रो मुद्दा

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ।

संगीता गुरुङ
२६५ पटक

काठमाडौं, माघ २७ – नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार बस्नेतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि उनीविरुद्ध ८ करोड ६९ लाख रुपैयाँ विगो मागदाबी गरिएको हो। सोही मुद्दामा अख्तियारले उनकी पत्नी उर्मिला बस्नेतलाई समेत संलग्न रहेको भन्दै कारबाही अघि बढाएको छ।

यसअघि पनि मेयर बस्नेतमाथि जग्गा प्लटिङमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। हाल उनी निलम्बित अवस्थामा रहेका छन्।

अख्तियारले सार्वजनिक पदमा बसेर नियम विपरीत आर्थिक लाभ लिने कुनै पनि गतिविधि सह्य नहुने बताउँदै अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...