News Portal

सल्यान महोत्सवमा भीषण आगलागी, करोडौँको क्षति

दोस्रो बृहत् सल्यान महोत्सवमा शनिबार राति भीषण आगलागी भई करोडौँको क्षति भएको छ।

संगीता गुरुङ
३५६ पटक

सुर्खेत, २७ माघ – दोस्रो बृहत् सल्यान महोत्सवमा शनिबार राति भीषण आगलागी भएको छ। आगलागीका कारण ८० स्टल पूर्ण रूपमा जलेर नष्ट भएका छन्, जसले महोत्सवलाई गम्भीर रूपमा प्रभावित गरेको छ।

शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा जारी महोत्सवमा राति करिब ११ बजे आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रहरीका अनुसार महोत्सवका स्टलहरूमा राखिएका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीका कारण साढे ३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

स्थानीय बासिन्दा, व्यवसायी, महोत्सव आयोजक टोली तथा सुरक्षाकर्मीको सक्रिय प्रयासपछि तीन घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो। आगलागीको कारण अझै खुल्न नसकेको र यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...