News Portal

सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२४६ पटक

माघ २५, काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका-४ निवासी ३१ वर्षीय विश्वराज राई रहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोका अनुसार, राईले सम्बन्धविच्छेदपछि पीडित महिलालाई निरन्तर गाली गलौज गर्दै प्रेम सम्बन्धका क्रममा खिचिएका व्यक्तिगत भिडियो तथा तस्वीरहरू उनका आफन्तलाई पठाएका थिए। यसरी मानसिक तथा सामाजिक रूपमा दबाब सिर्जना गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन्।

प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार, राईलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार, सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी कानूनी प्रावधानअनुसार उनीमाथि आवश्यक कारबाही अघि बढाइनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...