News Portal

  • विभिन्न स्थानमा सवारी दुर्घटना, पाँचजनाको मृत्यु

    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् ।

    संगीता गुरुङ
    ९५ पटक

    माघ २५, काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । कैलाली, कालिकोट, सिन्धुली, धादिङ र झापामा भएका दुर्घटनाहरूमा अन्य केही घाइते भएका छन् भने सुरक्षाकर्मीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

    कैलालीको जोशीपुर गाउँपालिका-५, मैनपोखरी नहर नजिक भएको ट्याक्टर दुर्घटनामा परी ५८ वर्षीया रामपति थरूनीको मृत्यु भएको छ। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

    कालिकोटको नरहरिनाथ गाउँपालिका-९ छिप्पे खोलामा मिनी ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको छ। बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका देउवाको उपचारका क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ स्थित सडकमा एक इभी गाडी अनियन्त्रित भई करिब ४०० मिटर तल खस्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान भएको घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन्, जसको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ चरौँदीमा बिहीबार राति कार र अर्को गाडी आपसमा ठोक्किँदा ५३ वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-१६ निवासी श्रेष्ठ कारमा सवार थिइन्। दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ लगिएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको हो। दुर्घटनामा घाइते अन्य दुई जनाको ट्रमा सेन्टरमै उपचार भइरहेको छ। प्रहरी फरार गाडी चालकको खोजी गरिरहेको छ।

    झापाको बिर्तामोड नगरपालिका-२ चारपानेस्थित सडकमा अज्ञात सवारी साधनको ठक्करबाट ६५ वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-६ जलकन्याका स्थायी बासिन्दा रहेकी राई गम्भीर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरी फरार सवारीको खोजी गरिरहेको छ।

    प्रहरीका अनुसार सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...

    ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    २०८२ असार १८ गते। नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको...

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...