News Portal

निजी मेडिकल कलेजका चिकित्सकलाई सरकारी सरह भत्ता दिने निर्णय

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता दिने निर्णय गरेको छ।

संगीता गुरुङ
१९९ पटक

माघ २५, काठमाडौँ – चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता दिने निर्णय गरेको छ। अब, आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ भत्ता उपलब्ध गराइने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा यस निर्णयमा पुगेको हो। बैठकमा आवासीय चिकित्सकका लागि समान भत्ता उपलब्ध गराउने निर्णय गर्दै, कलेजहरूमा दुई वर्षको अध्ययन र काम सम्झौतामा नमान्ने विद्यार्थीसँग वार्षिक २३ लाख शुल्क लिने विषयमा पनि छलफल गरिएको थियो।

हाल निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई मासिक २० हजार भत्ता मात्र दिँदै आएका थिए। यसै बीच, पोष्ट ग्र्याजुएट तहका विद्यार्थीहरूले समान सुविधाको माग गर्दै आन्दोलन गरिरहेका थिए।

बैठकमा प्रधानमन्त्री ओली, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र शिक्षा मन्त्री विद्या भटराईले आवासीय चिकित्सकका सुविधाहरूको सुनिश्चितताका लागि कुनै सम्झौताबाट पछि नहट्ने बताएका छन्।

यसबाहेक, चिकित्सा शिक्षाको एकीकृत नियमन र आवश्यक संशोधनका विषयमा पनि छलफल भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...