News Portal

कैलालीमा आमा र छोरीको शव घरभित्र भेटिए

कैलालीको गोदावरी नगरपालिका-११ मा एक आमा र उनकी दुई वर्षीया छोरी घरभित्र मृत भेटिएका छन्।

संगीता गुरुङ
२०४ पटक

कैलाली, माघ २५ – कैलालीको गोदावरी नगरपालिका-११ मा एक आमा र उनकी दुई वर्षीया छोरी घरभित्र मृत भेटिएका छन्।

२४ वर्षीय मिरा कामी र उनकी छोरी प्रिन्सी बिहीबार साँझ आफ्नै घरमा झुण्डिएका अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिँदै भने, “घरमा झुण्डिएको देखेपछि अन्य परिवारका सदस्यहरूले सासु र अरूलाई बोलाएका थिए र बचाउनको लागि डोरीसमेत काटेका थिए, तर समयमै उपचार गर्न सकिएन।”

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घटनाको दिन मिराकी सासु धनगढी गएको र उनका श्रीमान र ससुरा भारतमा रोजगारीको सिलसिलामा थिए।

दुबै शवलाई परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...