News Portal

झापाको होटलमा युवकको मृत्यु, युवती र होटल सञ्चालक प्रहरी नियन्त्रणमा

झापाको होटलमा युवकको मृत्यु भएपछि युवती र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ।

संगीता गुरुङ
२११ पटक

झापा – झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेष्ट होटल एण्ड लजमा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दका अनुसार मृतक हल्दिबारी गाउँपालिका-१, गोलधाप निवासी ३० वर्षीय सागर बेस्रा हुन्।

बिहीबार राति ११ बजेतिर बेस्रा सुनसरी धरान उपमहानगरपालिका-१५ निवासी तथा हाल कन्काई नगरपालिका-७, दुर्गापुर बस्ने २३ वर्षीया मुना विकसँग होटलमा बसेका थिए।

राति खाना खाएपछि सुतेका बेस्रा शौचालय नजिकै अचेत अवस्थामा भेटिएका थिए। होटल सञ्चालक यामकुमारी उप्रेती र मुना विकले उनलाई बिर्तासिटी अस्पताल लगेका थिए, तर चिकित्सकले राति १:३५ बजे नै मृत घोषित गरेका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। हाल मुना विक र होटल सञ्चालक उप्रेतीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...