News Portal

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र कार्य सुरु

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्ड कालोपत्र गर्ने कार्य सुरु गरिएको छ।

संगीता गुरुङ
२३६ पटक

भोजपुर, माघ २५ – खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्ड कालोपत्र गर्ने कार्य सुरु गरिएको छ। मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र प्रक्रिया अघि बढाइएको हो।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार सडकको पहिलो चरणअन्तर्गत शून्यविन्दुबाट डेढ किलोमिटर खण्ड कालोपत्र गरिँदैछ। यसका लागि रु २ करोड ६१ लाख ७१ हजार ६३१ बजेट विनियोजन गरिएको छ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार सडकको दोस्रो चरणमा हुँगे गाउँ पुछारदेखि पाँचधारेसम्मको स्तरोन्नति भइरहेको छ। यो काम सडक डिभिजन कार्यालयको रु २ करोड र कोशी प्रदेश सरकारको रु २५ लाख सहयोगमा सम्पन्न गरिनेछ।

सडक सुधार तथा कालोपत्रे कार्यले स्थानीय आवागमन सहज बनाउने तथा आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...