News Portal

झापाको होटलमा युवक बेहोस अवस्थामा भेटिए, अस्पतालमा मृत्यु

झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एन्ड लजमा एक युवक बेहोस अवस्थामा फेला परेका छन्, जसको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।

संगीता गुरुङ
२७३ पटक

माघ २५, झापा – झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एन्ड लजमा एक युवक बेहोस अवस्थामा फेला परेका छन्, जसको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।

हल्दिबारी गाउँपालिका-१ निवासी ३० वर्षीय सागर बेस्राको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्राप्त जानकारी अनुसार, बेस्रा गएराति एक महिलासँग होटलमा बसेका थिए। राति सुतेको समयमा उनी बाथरुममा लडेपछि बेहोस भएका थिए।

घटनापछि उनलाई राति करिब १:३० बजे उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

यस घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। होटल सञ्चालक तथा बेस्रासँगै रहेकी महिलालाई नियन्त्रणमा लिइएको र घटनाको विस्तृत अध्ययन भइरहेको बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...