News Portal

‘हनी ट्र्याप’ मार्फत रकम असुली गर्ने युवती पक्राउ

हनी ट्र्याप’ को माध्यमबाट रकम असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२८६ पटक

२४ माघ, काठमाडौं – ‘हनी ट्र्याप’ को माध्यमबाट रकम असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्ने २८ वर्षीया अस्मिता आचार्य हुन्, जो चितवनको रत्ननगर नगरपालिका-८ स्थायी बासिन्दा भइ हाल कुलेश्वरमा बस्दै आएकी थिइन्।

अनुसन्धान अनुसार, आचार्यले एक इलेक्ट्रोनिक सामान मर्मत गर्ने व्यक्तिलाई आफ्नो योजनामा पार्न पहिले नै सम्पर्क गरेकी थिइन्। उनले राइस कुकर मर्मत गराउने बहानामा पटक-पटक भेटघाट बढाउँदै विश्वास जितेपछि पीडितलाई धम्क्याउन थालेकी थिइन्।

प्रहरी स्रोतका अनुसार, आचार्यले ती व्यक्तिसँग १० लाख रुपैयाँ माग गर्दै रकम नदिए बलात्कारको झुटो आरोप लगाउने चेतावनी दिएकी थिइन्।

मोलमोलाईपछि पीडितले तीन लाख रुपैयाँ चेकमार्फत बुझाए भने बाँकी सात लाख एक हप्ताभित्र बुझाउने सहमति भएको थियो। तर, रकम असुल भएपछि प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

हाल आचार्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...