News Portal

  • साहारा सहकारी ठगी प्रकरण: लामिछानेविरुद्ध बहसका लागि छिमेकी जिल्ला वकिल पठाइए

    रवि लामिछानेको विपक्षमा सरकारी वकिलहरू छिमेकी जिल्लाबाट चितवन झिकाइएका छन्।

    संगीता गुरुङ
    १३२ पटक

    २४ माघ, चितवन – चितवनको साहारा सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा सरकारी वकिलहरू छिमेकी जिल्लाबाट चितवन झिकाइएका छन्।

    महान्याधिवक्ता कार्यालयको निर्देशनमा पर्सा, धादिङ्ग र चितवनका सरकारी वकिलहरूले लामिछानेविरुद्धको ठगी मुद्दामा बहस सुरु गरेका छन्। यसअघि चितवनका तीन सरकारी वकिलहरूले बुधबारदेखि बहस गरे पनि अब मुद्दाको गम्भीरतासँगै अन्य जिल्लाका वकिल पनि सामेल गरिएका हुन्।

    महान्याधिवक्ता कार्यालयका स्रोतका अनुसार, सरकारले मुद्दाको बहसलाई बलियो बनाउनका लागि छिमेकी जिल्लाका वकिलहरूको सहयोग लिएको हो। ‘‘सिद्धान्त र तथ्यमा कुनै कमजोरी नहोस् भन्ने उद्देश्यले वकिलहरूको संख्या बढाइएको हो,’’ स्रोतले जानकारी दिएको छ।

    साहारा सहकारी ठगी मुद्दाको दोस्रो दिनको बहस चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा चलिरहेको छ। पीडितका तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौला बहस गरिरहेका छन्।

    आजको बहसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले पनि पीडितको तर्फबाट बहस प्रस्तुत गर्ने तयारी गरेका छन्। लामिछानेको तर्फबाट ११ जनाको वकिल टोली बहसमा भाग लिनेछ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...