News Portal

झोलुङ्गे पुल निर्माणका क्रममा दुई जना बेपत्ता

सुर्खेतको भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणका क्रममा दुई जना युवा बेपत्ता भएका छन्।

संगीता गुरुङ
३४२ पटक

माघ २३, सुर्खेत – सुर्खेतको भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणका क्रममा दुई जना युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका-२ का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन घर्ती मगर रहेका छन्।

प्रहरी निरीक्षक अजय डाँगीका अनुसार, पुल निर्माण कार्य सुर्खेतको बराहताल गाउँपालिका-४, कुटा र पञ्चपुरी नगरपालिका-१४ लाई जोड्ने भेरी नदीमाथि भइरहेको थियो। बुधबार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा ती दुई जना नदीमा खसेका थिए।

घटना थाहा पाएपछि बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेर खोजी कार्य थालेको छ। अहिले दुई जना युवाको खोजी जारी रहेको र थप जानकारी प्राप्त गर्न अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...