News Portal

नेपाल प्रहरीले विभिन्न स्थानबाट ११ जना लागूऔषधसहित पक्राउ

नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान अन्तर्गत ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ।

संगीता गुरुङ
२८८ पटक

माघ २३, काठमाडौं  – नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान अन्तर्गत ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ बाट भारत बिहारका २८ वर्षीय अन्जार आलम र उनका १९ वर्षीय भाइ युसुब आलमलाई ३०.६९ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ। प्रहरीले मोटरसाइकल जाँचका क्रममा भाग्न खोजेपछि गोली प्रहार गर्दा अन्जार घाइते भएका छन्, जसको हाल भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट कैलाली लम्कीचुहाका २३ वर्षीय रोसन रावललाई ४७ पिस ट्रामाडोलसहित पक्राउ गरिएको छ। सप्तरीको सप्तकोशी नगरपालिका–७ बतिगामामा प्रहरीले २ किलो गाँजासहित महादेवा गाउँपालिका–१ बस्ने २२ वर्षीय नीराजन यादवलाई नियन्त्रणमा लिएको छ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचोकमा उदयपुरका २८ वर्षीय पदम बहादुर मगरलाई २०.४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। त्यस्तै, कोशी गाउँपालिका–१ मा सप्तरीका २४ वर्षीय रोहित कुमार मण्डललाई २.४१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ मा प्रहरीले बिजयनगरका २८ वर्षीय मतिउल्ला मुसलमान र २५ वर्षीय मैराज अहमदलाई ८२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ। कैलालीको टीकापुर नगरपालिका–१ खडक चोकमा प्रहरीले २२ वर्षीय अंकित चौधरीलाई ८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ। दाङको घोराही उपमहानगरपालिका–१५ भीमसेन टोलमा प्रहरीले रोल्पाका ३० वर्षीय टेकराज गुरुङ र २५ वर्षीय तनुज श्रेष्ठलाई १.८४ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध कारोबार तथा ओसारपसार सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...