News Portal

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको धरौटीमा रिहाइविरुद्ध सरकारको पुनरावेदन तयारी

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चार जनालाई धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध सरकार पुनरावेदन गर्ने तयारीमा छ।

संगीता गुरुङ
३३७ पटक

२२ माघ, काठमाडौं – स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चार जनालाई धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध सरकार पुनरावेदन गर्ने तयारीमा छ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले उक्त निर्णय त्रुटिपूर्ण भएको दाबी गर्दै उच्च सरकारी वकिल कार्यालय, पाटनमा निवेदन पेस गरेको छ। स्रोतका अनुसार, अध्ययनपछि शुक्रबारभित्र उच्च अदालतमा निवेदन दर्ता गरिनेछ।

यस प्रकरणमा रवि लामिछाने (६० लाख धरौटी), पूर्वडीआईजी छविलाल जोशी (५० लाख), लेखा समिति सदस्य सुनिता नेवा (४ लाख) र सञ्चालक समिति सदस्य कमल लामा (३ लाख) धरौटी बुझाएर रिहा भएका थिए। तर, सरकारी वकिल कार्यालयले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गर्दै पुनरावलोकनको प्रक्रिया अघि बढाएको हो।

प्रहरी अनुसन्धानअनुसार, सहकारी ठगी र संगठित अपराध अन्तर्गत ३९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ, जसमा १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो माग गरिएको छ। यद्यपि, नेपाली कांग्रेसकी सांसद माया राईसहित पाँच जनालाई सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको छ।

अब उच्च अदालत पाटनको निर्णयले यो प्रकरणमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...