News Portal

साहारा सहकारी प्रकरण: रविले श्रीमती निकिता पौडेलको नाममा लाखौंको चेक काटेको पुष्टि

सहकारी ठगी प्रकरणमा रवि लामिछानेले आफ्नो पदीय हैसियत प्रयोग गरी श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक जारी गरेको खुलासा भएको छ।

संगीता गुरुङ
३१६ पटक

माघ २२, काठमाडौं – चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पदीय हैसियत प्रयोग गरी श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक जारी गरेको खुलासा भएको छ। यस्तै, उनकी श्रीमती आबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक जारी गरिएको अभियोगपत्रमा उल्लेख छ।

सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रअनुसार, गोर्खा मिडिया नेटवर्क प्रालि को बैंक खाताबाट लामिछानेको हस्ताक्षरमा रु. ५९ लाख ३८ हजार २ सय ५१ निकिता पौडेलको नाममा भुक्तानी गरिएको देखिन्छ। त्यस्तै, गोपिकृष्ण मुभिजको नाममा ८१ लाख २५ हजार रुपैयाँ को भुक्तानी भएको उल्लेख छ।

अभियोगपत्रमा लामिछाने २०७७ पुस ३० गते गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक बनेका थिए भने सोही वर्षको चैत महिनामा सेयर होल्डरको रूपमा प्रवेश गरेका थिए। यद्यपि, २०७९ असार २ गते उनले प्रालिबाट अलग भएको उल्लेख गरिएको छ। तर, उनले आफ्नो कार्यकालअघि र पछि पनि चेकहरू जारी गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

साहारा सहकारीको ठगी प्रकरणमा गोर्खा मिडियामा जम्मा भएका रकममध्ये लामिछानेको एकल हस्ताक्षरबाट ८१४ वटा चेक मार्फत ४८ करोड ५८ लाख २२ हजार २४६ रुपैयाँ भुक्तानी भएको देखिएको छ। त्यस्तै, जीबी राईसहितको हस्ताक्षरमा थप ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको सरकारी वकिल कार्यालयको अभियोगपत्रमा उल्लेख छ।

यस घटनासँग जोडिएका अन्य विवरणहरू सार्वजनिक भएसँगै यो प्रकरण थप जटिल मोडतर्फ गएको देखिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...