News Portal

साहारा सहकारी प्रकरण: रविले श्रीमती निकिता पौडेलको नाममा लाखौंको चेक काटेको पुष्टि

सहकारी ठगी प्रकरणमा रवि लामिछानेले आफ्नो पदीय हैसियत प्रयोग गरी श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक जारी गरेको खुलासा भएको छ।

संगीता गुरुङ
४२१ पटक

माघ २२, काठमाडौं – चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पदीय हैसियत प्रयोग गरी श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक जारी गरेको खुलासा भएको छ। यस्तै, उनकी श्रीमती आबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक जारी गरिएको अभियोगपत्रमा उल्लेख छ।

सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रअनुसार, गोर्खा मिडिया नेटवर्क प्रालि को बैंक खाताबाट लामिछानेको हस्ताक्षरमा रु. ५९ लाख ३८ हजार २ सय ५१ निकिता पौडेलको नाममा भुक्तानी गरिएको देखिन्छ। त्यस्तै, गोपिकृष्ण मुभिजको नाममा ८१ लाख २५ हजार रुपैयाँ को भुक्तानी भएको उल्लेख छ।

अभियोगपत्रमा लामिछाने २०७७ पुस ३० गते गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक बनेका थिए भने सोही वर्षको चैत महिनामा सेयर होल्डरको रूपमा प्रवेश गरेका थिए। यद्यपि, २०७९ असार २ गते उनले प्रालिबाट अलग भएको उल्लेख गरिएको छ। तर, उनले आफ्नो कार्यकालअघि र पछि पनि चेकहरू जारी गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

साहारा सहकारीको ठगी प्रकरणमा गोर्खा मिडियामा जम्मा भएका रकममध्ये लामिछानेको एकल हस्ताक्षरबाट ८१४ वटा चेक मार्फत ४८ करोड ५८ लाख २२ हजार २४६ रुपैयाँ भुक्तानी भएको देखिएको छ। त्यस्तै, जीबी राईसहितको हस्ताक्षरमा थप ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको सरकारी वकिल कार्यालयको अभियोगपत्रमा उल्लेख छ।

यस घटनासँग जोडिएका अन्य विवरणहरू सार्वजनिक भएसँगै यो प्रकरण थप जटिल मोडतर्फ गएको देखिएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...