News Portal

तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

संगीता गुरुङ
२०५ पटक

२१ माघ, काठमाडौं – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा पोखरा महानगरपालिका–३२, कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। गम्भीर घाइते अवस्थामा उनलाई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारा लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री, जो मृतक अप्सरा क्षेत्रीका छोरा हुन्, सामान्य घाइते भएका छन्। त्यस्तै, दुर्घटनामा कार चालक ३१ वर्षीय महेश पौडेल पनि घाइते भएका छन्। शुक्लागण्डकी नगरपालिका–११, साँखेका पौडेलको दायाँ हातमा सामान्य चोट लागेको र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

यसैबीच, टिपर चालक प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी धादिङको नीलकण्ठ नगरपालिका–२, भुलभुलेका ४० वर्षीय रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...