News Portal

अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिए

अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएका छन्।

समिर कुमार अधिकारी (द्रुपद)
३१६ पटक

माघ २०, काठमाडौँ – विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च रहे पनि नेपालले सन् २०१९ को स्तर बराबर पर्यटक भित्र्याउन सकेको छैन।

सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल आएका थिए। तुलनात्मक रूपमा, सन् २०२४ को जनवरीमा ७९ हजार ९९१ पर्यटक भित्रिएका छन्, जुन २०१९ को संख्याको ९८ प्रतिशत मात्र हो। सन् २०२३ को यही महिनामा ७९ हजार १०० पर्यटक आएका थिए।

यस वर्षको जनवरीमा नेपाल आएका पर्यटकमध्ये भारतबाट २० हजार ४८५, चीनबाट ८ हजार १९१, अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६, अष्ट्रेलियाबाट ४ हजार ३०१, दक्षिण कोरियाबाट ३ हजार ७५६, र बेलायतबाट ३ हजार ५२१ जना रहेका छन्।

गत वर्षको तुलनामा बंगलादेशबाट आउने पर्यटकको संख्या ४८ प्रतिशतले वृद्धि भएको छ भने भारतीय पर्यटकको आगमन १५ प्रतिशतले घटेको छ। सार्क राष्ट्रहरूबाट आउने कुल पर्यटकको संख्या पनि ४.३ प्रतिशतले घटेको छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...