News Portal

नेपाली कांग्रेस नेता अच्युत कलौनी मृत फेला, घटनाबारे अनुसन्धान जारी

नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी शनिबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक मृत अवस्थामा फेला परेका थिए।

संगीता गुरुङ
२८० पटक

माघ २०, धनगढी – नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी शनिबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार, उनी शुक्रबार साँझ धनगढीबाट महेन्द्रनगर पुगेका थिए। मदन चोकमा साथीहरूसँग छुट्टिएपछि एक्लै हिँडेर घर जाने भन्दै गाडीबाट ओर्लिएका थिए। सीसीटीभी फुटेजअनुसार राति करिब साढे ९ बजे उनी सडक किनारमा हिँडिरहेका देखिए पनि शव भेटिएको स्थानमा क्यामेरा नपुगेका कारण घटनाको यकिन विवरण खुल्न सकेको छैन।

शव परीक्षण महाकाली प्रादेशिक अस्पतालमा भेरी प्रादेशिक अस्पतालका विशेषज्ञ टोलीले गरेको छ। प्रारम्भिक परीक्षणमा बाहिरी चोटपटक देखिएको छैन। थप अनुसन्धानका लागि भिसेरा परीक्षणको नमुना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि, विज्ञान प्रयोगशालामा पठाइनेछ। मृतकका परिवारले हत्या भएको आशंका व्यक्त गरेका छन्। विशेष गरी, उनको मोबाइल फोन अहिलेसम्म फेला नपर्नुले परिवारलाई शंका उब्जाएको छ। प्रहरीले घटनाका सबै पक्षलाई ध्यानमा राख्दै अनुसन्धान गरिरहेको जनाएको छ।

कलौनीको पार्थिव शरीर आइतबार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा राखी गृहमन्त्री रमेश लेखकसहित पार्टीका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले अनुसन्धान अघि बढाएको छ भने प्रहरीले कलौनीसँग रहेका साथीहरूसँग सोधपुछ गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...