News Portal

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या, दुई जना पक्राउ

प्युठानको गौमुखी गाउँपालिका–५ निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ।

संगीता गुरुङ
२५९ पटक

माघ २०, काठमाडौं – प्युठानको गौमुखी गाउँपालिका–५ निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही स्थानका ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु कुमारी न्यौपाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

१८ माघको बिहान करिब साढे ८ बजे गौमुखी गाउँपालिका–५, उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची सडकमा उपाध्यायको शव फेला परेको थियो। मृतकको टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट देखिएपछि प्रहरीले घटनालाई हत्या भएको आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर गिरी र जेदु कुमारी न्यौपानेले मिलेर हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार जेदु कुमारीले फोनमार्फत उपाध्यायलाई बोलाएपछि उनीहरू दुबैले मिलेर ढुंगा र बन्दुकको बट प्रहार गरी हत्या गरेका थिए।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...