गोरखामा त्रिशूली नदी किनारमा शव फेला

माघ २०, गोरखा – गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा शनिबार एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शव घोप्टो परेको अवस्थामा फेला परेको थियो। प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले प्रारम्भिक रूपमा शव करिब ५०–५५ वर्ष उमेर समूहको पुरुषको भएको अनुमान गरिएको बताए। शवलाई पोस्टमार्टमका लागि गोरखा अस्पताल लगिएको छ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली तथा विपद् व्यवस्थापन शिक्षालय, कुरिनटारको सहयोगमा शव नदी किनारबाट निकालिएको हो। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











