News Portal

गैरआवासीय नेपाली संघको विधान संशोधनबारे नयाँ प्रावधान

गैरआवासीय नेपाली संघको विधान संशोधनबारे नयाँ प्रावधान अघि सार्दै, अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी सदस्यहरूको दुई तिहाई बहुमतबाट संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।

संगीता गुरुङ
१९९ पटक

माघ २०, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान २००३ संशोधनसम्बन्धी नयाँ कार्यविधि अघि सारिएको छ। कार्यविधिको १६ औं बुँदामा अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी सदस्यहरूको दुई तिहाई बहुमतबाट विधान संशोधन गर्न सकिने प्रावधान समेटिएको छ।

त्यस्तै, कार्यविधिमा कुनै दुविधा उत्पन्न भए त्यसको व्याख्या गर्ने अधिकार नेपाल सरकारले तोकेको न्याय सेवाका प्रथम श्रेणीका अधिकृतसहितको बैठकमा रहने व्यवस्था गरिएको छ। यद्यपि, नेपाल सरकारले हालसम्म औपचारिक रूपमा सो पदका लागि सरकारी अधिकृत तोकेको छैन।

सदस्यता विवादसम्बन्धी विषयमा भने कार्यविधिले सरकारद्वारा तोकिएको अधिकृतको निर्णयलाई अन्तिम मान्यता दिने व्यवस्था गरेको छ। यसै विषयमा सरोकारवालाहरूले सरकारको चाँडो निर्णय आवश्यक रहेको बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...