News Portal

चिकित्सकहरू आन्दोलित: ‘पेन डाउन’ सहित माइतीघरमा प्रदर्शनको तयारी

सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दै छन्।

संगीता गुरुङ
२४४ पटक

माघ १८, काठमाडौं – सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दै छन्।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नेतृत्वमा रहेका चिकित्सकहरूले बिहान ९ देखि १० बजेसम्म कलम बन्द गर्ने (पेन डाउन) र आफ्ना संस्थाहरूमा एप्रोनसहित प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्।

काठमाडौं उपत्यकामा रहेका चिकित्सकहरू दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले जानकारी दिए।

चिकित्सकहरूले इन्टर्न, एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह बनाउनुपर्ने माग राख्दै आएका छन्। साथै, सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्ण रूपमा शुल्करहित र बन्डरहित बनाउनुपर्ने उनीहरूको माग छ।

समितिले आफ्ना माग सम्बोधन नभए अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत दिएको छ।

 

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...